सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’को सेवा
पोखरा । पोखरा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको एयरसन इन्टरनेट प्रा.लि.ले नयाँ अफर ल्याएको छ । गत वर्ष चैतबाट सेवा सुरु गरेको प्रालिले माघ १ गतेबाट लागु हुनेगरी अफर ल्याएको हो । प्रालिले ३० एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसको प्याकेजमा इन्टरनेट जडान गरिरहेको छ । अफर अन्तर्गत विशेष छुटमा वर्षको क्रमशः ८ हजार ५ सय, १० हजार र ११ हजार ५ सय रुपैयाँका प्याकेजमा इन्टरनेट जडान भइरहेको प्रा.लि.का व्यवस्थापक तुलसी सापकोटाले जानकारी दिए ।
प्रा.लि.ले नेपाल दुरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदानका लागि गत चैतमा लाइनसेन्स प्राप्त गरेको थियो । पोखराको चाउथेमा प्रधान कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको प्रालिले पोखरामा दु्रत गतिको इन्टरनेट सेवा सस्तो शुल्कमा सेवा प्रदान गर्न सफल भएको सापकोटाले बताए ।
‘फास्ट फाइभजी फाइभर इन्टरनेटको सुविधा हामीले उपलब्ध गराएका छौं,’ उनले भने । प्रत्येक प्याकेजमा आइटी टिभी जडान गर्न सकिन्छ । यसका लागि वर्षको ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।
एयरसन इन्टरनेटप्रति ग्राहकको आकर्षण बढिरहेको सापकोटाले जानकारी दिए । स्थानीय युवा व्यवसायीहरुको आबद्धतामा एयरसन इन्टरनेटको सेवा सुरुवात गरिएको हो । ‘इन्टरनेट जडानलाई भन्दा पनि जडान पछिको सेवालाई प्राथमिकतामा राखिएको छ,’ उनले भने ।
पोखरासँगै आगामी दिनमा लेखनाथ लगायत आसपासका क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिने प्रा.लि.ले जनाएको छ ।
प्रालिको वेवसाइटबाट पनि इन्टरनेट जडानको बुकिङ गर्न सकिने सापकोटाले जानकारी दिए । शुल्क भुक्तानी इसेवाबाट र खल्ती पेबाट पनि गर्न सकिन्छ ।
सम्बन्धित समाचार
आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा
काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी...
नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर
काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...
शाओमी १५टी मोबाइ नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...




