परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान
परराष्ट्रमन्त्री डा राणा इपरराष्ट्रमन्त्री डा राणा इटाली प्र
काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्।
यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए।
कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।
उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
उक्त सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछिन्।
स्थानटाली प्रस्थान
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...




