प्रमुख खवर

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त होस् : नेविसंघ

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त गर्न माग गरेको छ।

हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गरेको हो।

अध्यक्ष दुजाङ शेर्पाले एक परिपत्र लेख्दै विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषयमा समेत आपत्ति जनाए।

नेपालको संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद रहेको भनिएको छ।

नेपाल विद्यार्थी संघले पटक–पटक सञ्चालन गरेका शैक्षिक आन्दोलन तथा अभियानहरूको उपलब्धिका रूपमा २०८० मा तयार गरिएको ‘उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि’ लाई लत्त्याउँदै, पुनः दलीय भागबण्डाका आधारमा नियुक्ति गर्ने षड्यन्त्र भएको गम्भीर आशंका व्यक्त गरिएको छ। उक्त कार्यविधिमा रहेका छिद्रहरूलाई सुधार गरी योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुनु पर्ने माग गरिएको छ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...