सोमवार, साउन १३, २०८२
English
Follow us:

शिक्षा विधेयक आगामी वैशाख २२ मा समितिबाट पास गर्ने तयारी

शिक्षा विधेयक आगामी वैशाख २२ मा समितिबाट पास गर्ने तयारी

  • खबर सेवा

  • शनिबार, असार २१, २०८२

  • 89
    SHARES
शिक्षा विधेयक आगामी वैशाख २२ मा समितिबाट  पास गर्ने तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ ।

‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’ १६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा कांग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।

६०र४० प्रतिशतमा नै सहमति जुटेको छ । कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology