सोमवार, साउन १३, २०८२
English
Follow us:

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको पाँच दिनको समय

  • खबर सेवा

  • आइतवार, असार २२, २०८२

  • 68
    SHARES

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको समय दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन्।

सभापति थापाले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए।

बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए। सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको आगामी दिनहरूमा हेक्का राख्न चेतावनी दिए।

उनले भने, ‘तपाईंहरूले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनु भएको छ। कहिले बैठक बोलाऊ, कहिले बैठक स्थगित गर। यो कति पटकसम्म? अब अन्तिम समय हो। तपाईं अनिश्चित नभन्नुस् फेरि। सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस्। थप विषय लिएर आउने होइन, फेरि यही विषयमा सहमति गरेर कति दिनमा आउने हो? मन्त्रीज्यूले भनिदिनुपर्‍यो।’

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology