गण्डकी प्रदेशमा शैक्षिक परामर्शले अनुमतिको आबेदन दिने समय थप गरिएको
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले एक सूचना २०८२/०३/१३ मा जारि गर्दै शैक्षिक परामर्श, पूर्व तयारी कक्षा र भाषा शिक्षण कक्षा संचालन गरि राखेका सस्थाहरुले अनुमतिको लागि निबेदन गर्न सक्नेछन।
शैक्षिक परामर्श, पूर्व तयारी कक्षा र भाषा शिक्षण कक्षा सञ्चालन गर्न इच्छुक संस्थाहरुलाई सञ्चालन अनुमति प्रदान गर्ने सम्बन्धमा मन्त्रालयबाट मिति २०८२/०२/१४ गते प्रथम पटक सार्वजनिक रुपमा सूचना प्रकाशन गरी सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवश्यक कागजात सहित मन्त्रालयमा निवेदन पेश गर्न भनी सम्बन्धित सबैलाई जानकारी गराईएको थियो। सो अवधिमा उक्त मन्त्रालयमा प्रयाप्त निवेदन पेश हुन नसकेका र सो सम्बन्धी निवेदन पेश गर्न इच्छुक संस्थाहरु धेरै भएको भन्ने सूचना मन्त्रालय ले प्राप्त गरेको हुनाले मन्त्रालयको मिति २०८२/०३/०९ को निर्णय (माननीय मन्त्रीस्तर) अनुसार उक्त सूचनाको म्याद यो सूचना प्रकाशन भएको मितिले ३० दिन थप गरिएको छ।
विस्तृत जानकारीको लागि मन्त्रालयको वेभ साईड www.mosd.gandaki.gov.np मा सकिने तथा थप जानकारीको लागि शा.अ. शंकरप्रसाद बराल(९८४६१०३९६८) र अधिकृत हिरा बहादुर थापामगर(९८४७६६९२९०) सम्पर्क गर्न सकिन्छ।

ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




