पत्रकार भारतीलाई धम्क्याउने रोजगार व्यवसायीलाई कारबाही गर्न पत्रकारजन्य संस्थाहरूको अपिल
काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्।
तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतको निर्देशन भन्दै मूलपत्र मिडियाको फेसबुक पेजमा रिपोर्ट गर्ने र डिस्लाइक अभियान चलाएको आरोप लगाएका थिए।
उनीहरूको कामकारबाहीविरुद्ध पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघसहित अन्य पत्रकारजन्य संस्थाले ध्यानाकर्षण जनाएका हुन्।
संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि भनेर मूलपत्रमा आएको समाचारमा केही व्यवसायी समाचार हटाउन दबाब दिदै आएको भारतीले वर्किङजर्नालिष्ट डट ओआरजीसँग भने।
बुधवारदेखि यसमा संघका अध्यक्ष गुरुङ र महासचिवले निर्देशन दिएको भन्दै हुनेसले मूलपत्रकर्मीसँग पनि बताएका छन् । उनले त्यति मात्र होइन धेरै मिडिया तह लगाएको र मूलपत्र मिडियालाई समेत तह लगाउने भन्दै धम्क्याएको पीडितको गुनासो छ।
‘स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरामा हामी प्रतिबद्ध छौँ। पत्रकारहरूले गरेका समाचार प्रकाशन तथा प्रसारणप्रति असहमति जनाउनु प्रत्येक नागरिक तथा संस्थाको अधिकार हो । तर त्यसको प्रत्युत्तर धम्की, दादागिरी र मानसिक त्रासका रूपमा व्यक्त गर्नु प्रेस स्वतन्त्रताको घोर उल्लंघन हो, जुन हामी कुनै हालतमा स्वीकार गर्न सक्दैनौँ,’ श्रमजीवी–पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले भने ।
सञ्चारकर्मीहरूलाई सामाजिक सञ्जाल, फोनमार्फत तथा प्रत्यक्ष भेटघाटमा धम्की दिइएको घटनाप्रति जैसीले गम्भीर आपत्ति जनाउँदै तत्काल यस्ता कार्य रोकिनु पर्ने माग गरेका छन्। ‘यस्ता गतिविधिका दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ भन्ने हाम्रो स्पष्ट माग छ,’ जैसीले भने ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...




