सोमवार, भदौ २, २०८२
English
Follow us:

आज देशका विभिन्न स्थानमा भीषण वर्षा हुन्छ : मौसम विभाग

आज देशका विभिन्न स्थानमा भीषण वर्षा हुन्छ : मौसम विभाग

  • खबर सेवा

  • शनिबार, असार २८, २०८२

  • 97
    SHARES
आज देशका विभिन्न स्थानमा भीषण वर्षा हुन्छ : मौसम विभाग

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिएको छ।

महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology