यी स्थानमा छ आज भारी वर्षाको सम्भावना
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
काठमाडौँमा बिहानैदेखि वर्षा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




