टेलिग्राम बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। पछिल्लो समय टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर प्रकृतिका अपराध बढेको भन्दै प्राधिकरणले यस्तो कदम चालेको हो।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्रामको पहुँच रोक्नरबन्द गर्न निर्देशन दिएको छ।
सूचनामा भनिएको छ, ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत् मार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ।’
यो निर्देशनपछि अब नेपाल टेलिकम, एनसेल लगायत मोबाइल डाटा सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राम चल्न नमिल्ने बनाउनुपर्नेछ।
यो निर्णयसँगै अब नेपाली प्रयोगकर्ताहरूले सामान्य तरिकाले टेलिग्राम प्रयोग गर्न पाउने छैनन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...




