यात्रामा निस्किदै हुनुहुन्छ? हेर्नुहोस् आजको मौसम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै...
बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने
सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको...
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...




