मुख्य समाचार

नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात ; समाजवादी मोर्चा

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताको विरोध जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपाका अध्यक्ष महेन्द्रराय यादवले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो भन्ने पुष्टि गर्दछ ।’

नेपालको अभिन्न भूभागका रूपमा रहेका क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ । नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दछ ।’

मोर्चाले सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको छ

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताको विरोध जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपाका अध्यक्ष महेन्द्रराय यादवले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो भन्ने पुष्टि गर्दछ ।’

नेपालको अभिन्न भूभागका रूपमा रहेका क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ । नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दछ ।’

मोर्चाले सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...