बाजुरामा जिप दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते
काठमाडौँ। बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। हिमाली–५, क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको मृत्यु भएको प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
क्युडी गाउँबाट हिमाली–५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको उनले बताए। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्री बोकेर आएको जीप बढी भारका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
जिपमा सवारमध्ये १५ जना घाइते छन्। घाइतेको उद्धारका निम्ति हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...




