मुख्य समाचार

सुख्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री ओली, पुल उद्घाटनसँगै किसानसँग भेटघाट गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस जाँदैछन्। उनी आज बारा र महोत्तरी जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन्।

‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ उनले भनेका छन्।

देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। मधेसमा त झन् वर्षा भएको छैन। पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन। रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन्। सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ।

प्रधानमन्त्री ओलीको सचिवायलयका अनुसार प्रधानमन्त्री ओली बिहान साढे १० बजे महोत्तरी पुग्नेछन्।

बिहान ११ बजे मटिहानी नगरपालिकाको विग्ही नदीमा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सो कार्यक्रममा अतिथीको रुपमा सहभागी हुनेछन्।

सोही नगरपालिकामा निर्माण भएको प्रसुती गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आजै दिउसो १।४० बजे जनकपुर(कुर्था सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

 

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...