आइतवार, साउन १२, २०८२
English
Follow us:

बागमतीमा डुबेर भारतीय युवकको मृत्यु

बागमतीमा डुबेर भारतीय युवकको मृत्यु

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 50
    SHARES
बागमतीमा डुबेर भारतीय युवकको मृत्यु

काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु भएको छ । जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो।

मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् । शुक्रबार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।

शनिबार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपता भएको जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पवनको परिवारले शवको पहिचान गरेको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रियापश्चात् शव परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology