बागमतीमा डुबेर भारतीय युवकको मृत्यु
काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु भएको छ । जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो।
मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् । शुक्रबार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।
शनिबार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपता भएको जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पवनको परिवारले शवको पहिचान गरेको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रियापश्चात् शव परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...




