मुख्य समाचार

अरिंगलले चिलेर मृत्यु

काठमाडौँ। अरिङ्गालले टोकेर पाल्पामा एकजना महिलाको मृत्यु भएको छ।

जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको हो।

घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिङ्गालले टोकेको थियो। अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकोमा थप उपचारका लागि प्रभास ल्याइएको थियो।

आजै उनको शव परीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...