आइतवार, साउन १२, २०८२
English
Follow us:

अरिंगलले चिलेर मृत्यु

अरिंगलले चिलेर मृत्यु

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 68
    SHARES

काठमाडौँ। अरिङ्गालले टोकेर पाल्पामा एकजना महिलाको मृत्यु भएको छ।

जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको हो।

घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिङ्गालले टोकेको थियो। अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकोमा थप उपचारका लागि प्रभास ल्याइएको थियो।

आजै उनको शव परीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology