
काठमाडौँ। रसुवाको गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका मोरङका दुई युवा मृत फेला परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको गोसाइँकुण्डमा रहेको डुबेर बेपत्ता भएका दुई जना मृत फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।
गोसाइँकुण्डमा स्नानका लागि गएका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २६ वर्षीय सुजन ढकाल डुबेर बेपत्ता भएका थिए।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनीहरू दुवै सोमबार बिहान १० बजे मृत अवस्थामा फेला परेका थिए।