यी स्थानमा छ आज भारी वर्षाको सम्भावना
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार आज सोलुखुम्बु, रामेछाप, ओखलढुंगा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
आज इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
महाशाखाले उल्लिखित ४० जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै सम्बन्धित स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
५.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
सम्बन्धित समाचार
१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो
काठमाडौं। यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको...
निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील
सुर्खेत। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको...
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान...




