सोमवार, भदौ २, २०८२
English
Follow us:

बाटोमा चिप्लिएर दुईजनाको मृत्यु

बाटोमा चिप्लिएर दुईजनाको मृत्यु

  • खबर सेवा

  • बुधबार, साउन १५, २०८२

  • 40
    SHARES
बाटोमा चिप्लिएर दुईजनाको मृत्यु
प्रतिकात्मक तस्बिर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईजनाको बाटोमा चिप्लिएर मंगलबार मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७, सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । बेथानचोक गाउँपालिका–५, गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । आज स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उहाँको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology