बाटोमा चिप्लिएर दुईजनाको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईजनाको बाटोमा चिप्लिएर मंगलबार मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७, सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । बेथानचोक गाउँपालिका–५, गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । आज स्थानीय डेरीमा दूध पुर्याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उहाँको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...
अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु
अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार इरानविरुद्धको आक्रमणमा थप दुई अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जससँगै मृतकको कुल...
हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय...




