मुख्य समाचार

राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् ।

आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...