शिक्षा

इजाजत पूरा नगरी सञ्चालित कन्सल्टेन्सीमाथि कारबाही, यी हुन् कारबाहीमा परेका कन्सल्टेन्सी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ एजुकेसन कन्सल्टेन्सीलाई इजाजत नलिई सञ्चालन गरेको पाइएपछि ६ लाख २ हजार रुपैयाँ जरिबाना तिराएको छ।
कारबाही गरिएका कन्सल्टेन्सीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिम जरिबाना गरिएको विभागका वरिष्ठ अनुगमन निरीक्षक अमित झाले बताए।
विभागले ८ वटा कन्सल्टेन्सीलाई ३ दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ र ७० प्रतिशत कन्सल्टेन्सीहरू अवैध सञ्चालनमा रहेको पाइएको छ।

विभागले काठमाडौं महानगरपालिका-२८ मा रहेको रिड एजुकेसन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र भक्तपुर नगरपालिका–४ को स्योउराई इन्टरनेसनल एजुकेसन प्रालिलाई समान १-१ लाख रुपैयाँ जरिबाना तिराएको जानकारी दिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका-२८ मा रहेको प्यासन फाउन्डेसन प्रालि र काइट इन्टरनेसनल प्रालिलाई समान ५१-५१ हजार रुपैयाँ जरिबाना तिराएको छ भने भक्तपुर नगरपालिका-३ को आशीर्वाद ल्यांग्वेज प्रालि र काठमाडौं महानगरपालिका-१६ मा रहेको छाङमी एजुकेसन प्रालिलाई समान ५०-५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

j

 

 

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...