अमेरिकी डलरको भाउ इतिहासकै उच्च
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्।
अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। त्यसयता घटेको अमेरिकी डलर आज फेरि सर्वाधिक महँगो बनेको हो।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २३ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
कति छ विदेशी मुद्राको विनिमयदर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...




