कहाँ कहाँ पर्दैछ पानी?
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
१.
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
-
२.
ओली-लेखकको थप २ दिन हिरासतमा रहने
-
३.
पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने
-
४.
वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने
-
५.
ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...
पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा चलेको मुद्दाको प्रतिनिधिका रूपमा ‘वारिस’ राख्ने...
सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...
उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक...




