फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ३२ संक्रमित

काठमाडौं । कोरोना भाइरसले विश्वलाइ नै लामो समयदेखि प्रभावित बनाएको छ । यो भाइरस नियन्त्रणका लागि बैज्ञानिकहरु लागि परेका छन् तर पनि उनीहरुको प्रयास अझै सफल हुन सकेको छ ।

तर कोरोना संक्रमणको खोप निर्माण गरी संक्रमणलाई केही नियन्त्रण गर्न भने सफल भएको छ तर पनि पूर्ण नियन्त्रण गर्न भने हम्मेहम्मे भएको छ ।

त्यस्तै नेपालमा पनि कोरोना नियन्त्रण पूर्णरुपमा हुन सकेको छैन् त्यसैले कोरोना संक्रमण दरमा कमि आएपनि कोरोना जोखिम भने कायमै रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

You might also like
Comments
Loading...