मुख्य समाचार

स्कुटरले पैदलयात्रीलाई ठक्करदिँदा ३ जना घाइते

मकवानपुर। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा।प्र ०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार ठक्कर दिई स्कुटर समेत अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

घाइते हुनेमा पैदलयात्री मनहरी गाउँपालिका ९ रजैयाकी ५० वर्षीया कान्छी लामा, स्कुटर चालक चितवन जिल्ला खैरेनी नगरपालिका ९ बस्ने वर्ष २५ का सिरिल बस्नेत र स्कुटरमा पछाडि सवार चितवन राप्ती नगरपालिका ७ डडुवाकी अमृता पुलामी मगर रहेको प्रहरीको भनाइ छ।

घाइतेको उपचारका लागि भरतपुर पठाएको र स्कुटर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...