आइतवार, भदौ १, २०८२
English
Follow us:

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

  • खबर सेवा

  • सोमवार, साउन २०, २०८२

  • 22
    SHARES
कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक आजै सार्वजनिक गर्ने भएको छ। आजै साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

‘आजै साँझ परीक्षाफल सार्वजनिक हुन्छ,’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए।

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology