काठमाडौं १६ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा
काठमाडौं। काठमाडौँ महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए।
२२ गते काठमाडौँ महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए । सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए ।
सो जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको चन्दले जानकारी दिए । विवादले झडपकै रुप लिएपछि हाल उक्त करिडोर निर्माण रोकिएको छ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले करिडोर निर्माणको ठेक्का पाएको कम्पनीलाई पत्राचार गर्दैै उक्त कार्य रोक्न असार २३ गते नै निर्देशन दिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




