मुख्य समाचार

माओवादीले ०८४ मा एकल बहुमत ल्याउँछ : अग्नि सापकोटा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्।

बुधबार बिहान काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए। उनले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरे।

‘०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनेगरि पार्टीका जनवर्गीय संगठन, विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेका छन्,’ सापकोटाले भने, ‘यसअघि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा माओवादीको छुट्टै अस्तित्व नभएको होकी जस्तो देखिएको थियो। अब त्यस्तो हुँदैन।

उनले जनता, सहिद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएका भन्दै यसबीचमा पार्टीले केही कमजोरी गरेको स्वीकार गरे।

‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो। अलिकति धुमिल भयो। त्यही वर्ग दृष्टिकोण भुत्ते र धुमिल भएकै कारणले सहिद परिवारप्रति अलि उदासिनता र जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियो,’ उनले भने।

पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागि समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको दाबी पनि उनले गरे।

सापकोटाले २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मार्गचित्रलाई प्रष्ट पारेको तर्क गरे।

‘रुपान्तरण र शुद्धिकरणका लागि हाम्रो पार्टी विगतमा भएका कमी कमजोरीको आत्मासमीक्षा गरेर अगाडि बढिरहेको छ,’ सापकोटाले भने।

दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना र कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समयअघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले बताए।

उक्त अभियानमार्फत जनताको भित्री तहसम्म पुगेर उनीहरूका समस्याका बारेमा अध्ययन गर्ने मौका मिलेको भन्दै उनले महेन्द्रनगरबाट पोखरासम्म सञ्चालन भएको मध्यपहाडी लोकमार्ग अभियानले पनि पार्टीको जनसम्बन्धलाई झनै सुदृढ बनाएको दाबी गरे।

‘त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौँ। सहिद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्न पायौँ,’ उनले भने, ‘अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको सामाजिक विभेद हो।’

सम्बन्धित समाचार

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...