दाइलाई बञ्चरो प्रहार गरी हत्या
सप्तरी। सप्तरीको राजविराज नगरपालिका-२ स्थित पडरियामा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन्। स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। बञ्चरो प्रहारबाट लोकेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।
चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...
संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...




