मुख्य समाचार

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ : राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् ।नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।

उपाध्यक्ष घिमिरेले भनिन्, ‘विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्‍याउन प्रेरित गर्दै आएको छ तर यस्ता प्रहसन मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैंगिक विभेद तथा व्यक्तिगत प्रतिष्ठामा आँच नआउने बनाउन आग्रह पनि गर्दछु।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको पनि उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनिन्, “गाईजात्राले हामी सबैमा धार्मिक सहिष्णुता कायम गर्दै सकारात्मक सोचको विकास गर्न अहम् भूमिका खेल्नेछ र सत्मार्गमा लाग्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास छ ।”

 

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...