मुख्य समाचार

मःममा औँठी भेटिएपछि धरहरा म:मलाई दुईलाख जरिवाना

काठमाडौं । मःममा धातुको औँठी भेटिएपछि काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरीवाना तोकेको छ । खाद्य स्वच्छता उल्लङ्घन गरेको पाइएपछि जरीवाना तोकेको महानगरले जनाएको छ ।

महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवम् निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताउनुभयो ।

महानगरले व्यवसाय सञ्चालकलाई जरीवाना रकम ७ दिनभित्र बैंकमार्फत जम्मा गरी त्यसकोे जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै आउँदा दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...