सुर्खेतको महेन्द्रनगरमा एक युवक मृतावस्थामा फेला

 

काठमाडौं । सुर्खेत जिल्लाको महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् ।

पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

You might also like
Comments
Loading...