मुख्य समाचार

यी स्थानमा पर्दैछ पानी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित मौसम र वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर छ।

 

सम्बन्धित समाचार

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं। यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको...

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको...

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान...