मुख्य समाचार

मुक्ति पार्टीका नेताले लिए बज्जिकादेखि मगहीसम्मका भाषामा शपथ, लाए आफ्नै भेषाभुषा

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको छ।

बैठकको सुरुमा अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र ४ जना केन्द्रीय निकाय प्रमुखहरुलाई आआफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथग्रहण गराए।

नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बु, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशी लगायतको भाषा र आआफ्नै भेष भुषामा पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरुको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण, विचार मिल्ने पार्टीरसंगठनहरुसँग कार्यगत एकतार मोर्चावन्दी, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्धबारे कार्यविधी, प्रशिक्षक प्रशिक्षण कार्यक्रमसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको छ।

बैठक ५ दिनसम्म लगातार चल्नेछ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...