आइतवार, भदौ १, २०८२
English
Follow us:

ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले भव्यताका साथ मनायो पहिलो वार्षिकोत्सव

ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले भव्यताका साथ मनायो पहिलो वार्षिकोत्सव

  • खबर सेवा

  • आइतवार, भदौ १, २०८२

  • 125
    SHARES
ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले भव्यताका साथ मनायो पहिलो वार्षिकोत्सव

काठमाडौँ। ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।

गत वर्ष भदौ १ मा स्थापना भएको ड्रिम सिटीले आजकै दिन वार्षिकोत्सव मनाएको हो। अधिवक्ता एवं पूर्वडीएसपी गोविन्द पन्थीको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा वरिष्ठ पत्रकार जीवन शर्मा र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका उपाध्यक्ष, कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) का संस्थापक अध्यक्ष गणेश शर्माको उपस्थिति थियो।

शर्माले यस संस्थामा विदेशबाट अध्ययन गरेका आएका शिक्षकहरू रहेकाले गुणस्तरीय शिक्षामा कुनै कमि नआउने बताए। उनले छोटो समयमा नै संस्थाले उल्लेखीय प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए। संस्थाका अध्यक्षले संस्थालाई अझै गुणस्तरीय बनाउँदै लैजाने र आकर्षक बनाउने प्रतिबद्धता जनाएका थिए। उनले कार्यक्रममा उपस्थितलाई खादा लगाएर सम्मान गरेका थिए।

चाबहिल ७ काठमाडौँको बरन्डा क्याफेमा बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा संस्थाको एक वर्षे कार्यकालको समीक्षा गरिएको थियो। कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमका अतिथिहरूले संस्थालाई शुभकामना दिएका थिए। कार्यक्रममा संस्था छोटो समयमै सफल बन्न सकेको भन्दै प्रशंसा गरिएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology