प्रमुख खवर

भौतिक पूर्वाधारसँगै मानव विकास मेरो पहिलो प्राथमिकतामा पर्छ : रमेश श्रेष्ठ

काठमाडौं । टोखा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उम्मेदवार रमेश श्रेष्ठले आफ्ना वडावासीलाई उद्यममा जोडी व्यावसायिक तथा उद्यमी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले वडाबासीहरुको संयुक्त लगानीमा सामुहिक लगानी कोष स्थापना समेत गर्ने बताएका छन् । माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका श्रेष्ठले आर्थिक आवाजसँग कुराकानी गर्दै आय आर्जनको माध्यमबाट वडाबासीको समग्र विकासमा आफूले पहल गर्ने बताए ।

उनले भने, ‘भौतिक पूर्वाधारसँगै मानव विकास मेरो प्राथमिकतामा पर्छ ’ ।युवाको नेतृत्व स्थापित गर्न, रोजगारीको अवसर सिर्जना गर्न, शाखा सडकको स्तरउन्नति गर्न, सार्वजनिक जग्गा संरक्षण गर्न वडाबासीले आफूलाई मतदान गर्ने उनको विश्वास छ ।

महिला हिंसा अन्त्य गरी महिला सशक्तीकरण, स्थानीय व्यापार प्रवर्दन, निःशुल्क औषधी उपचारको व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन, सबै ठाउँमा खानेपानीको व्यवस्था, सामुदायिक व्यापार गृह निर्माण, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती, टोखाको संस्कृति र परम्परालाई संरक्षण र सम्वद्र्धन लगायतका एजेन्डा श्रेष्ठले अगाडि सारेका छन् ।

आर्थिक पारदर्शितासहित सुशासनको अनुभूति दिलाउने उनले बताएका छन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...