सोमवार, भदौ २, २०८२
English
Follow us:

देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम ।

देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम ।

  • खबर सेवा

  • आइतवार, भदौ १, २०८२

  • 136
    SHARES
देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम ।

पोखरा, कास्की । लामो समय देखि सामाजिक काम गर्दै नमुनाको रुपमा स्थापित देउपुरबासिको सामाजिक सस्था देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता भएको छ।

आजै मात्र सोही संस्था कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो। यो संस्थाले देउपुरवासीलाई एकै थलोमा गास्दै दुख, बिपत परेकाहरुलाई सहयोगको काम गर्दै आएको थियो।संस्थालाई गतिशिल बनाउँदै थप सशक्त बनाउन एक समिति समेत बनाइएको छ।

समितिको अध्यक्षमा तारा प्रसाद तिवारी, उपाध्यक्षमा समीक्षा तिमिल्सीना , सचिवमा ज्ञानेन्द्रप्रसाद चपाई, कोषाध्यक्षमा प्रेमप्रसाद चापागाईं, सहसचिवमा गोकुल शर्मा चयन भएका छन्। सदस्यहरूमा सुनिता शर्मा, सारदा शर्मा, लक्ष्मण शर्मा, नारनदत्त शर्मा, शोभाराम पोख्रेल र पवित्रा कार्की समेत छन्। यस्तै सल्लाहकारमा केशव चापागाईं, नन्दप्रसाद शर्मा, रामकृष्ण गिरी र बलभद्र शर्मा छन्।

 

सधै झैँ समाजले आगामी भदौ ४ गते बुधबार कास्की पोखरा प्रर्स्याङ स्थित ताज महलमा दरखाने तथा भेटघाट कार्यक्रम राखेको हो। संस्थाले पर्बत देखि पोखरा महानगरपालिकामा आई बसोबास गर्नुहुने सम्पूर्ण देउपुरका दाजुभाइ तथा दिदीबहिनीलाई दरखाने तथा भेटघाटको लागि निम्ता दिएको सस्थाका अध्यक्ष तारा प्रसाद तिवारी ले बताउनु भयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology