मुख्य समाचार

देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम ।

पोखरा, कास्की । लामो समय देखि सामाजिक काम गर्दै नमुनाको रुपमा स्थापित देउपुरबासिको सामाजिक सस्था देउपुर पोखरा सम्पर्क समाज विधिवत रूपमा दर्ता भएको छ।

आजै मात्र सोही संस्था कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो। यो संस्थाले देउपुरवासीलाई एकै थलोमा गास्दै दुख, बिपत परेकाहरुलाई सहयोगको काम गर्दै आएको थियो।संस्थालाई गतिशिल बनाउँदै थप सशक्त बनाउन एक समिति समेत बनाइएको छ।

समितिको अध्यक्षमा तारा प्रसाद तिवारी, उपाध्यक्षमा समीक्षा तिमिल्सीना , सचिवमा ज्ञानेन्द्रप्रसाद चपाई, कोषाध्यक्षमा प्रेमप्रसाद चापागाईं, सहसचिवमा गोकुल शर्मा चयन भएका छन्। सदस्यहरूमा सुनिता शर्मा, सारदा शर्मा, लक्ष्मण शर्मा, नारनदत्त शर्मा, शोभाराम पोख्रेल र पवित्रा कार्की समेत छन्। यस्तै सल्लाहकारमा केशव चापागाईं, नन्दप्रसाद शर्मा, रामकृष्ण गिरी र बलभद्र शर्मा छन्।

 

सधै झैँ समाजले आगामी भदौ ४ गते बुधबार कास्की पोखरा प्रर्स्याङ स्थित ताज महलमा दरखाने तथा भेटघाट कार्यक्रम राखेको हो। संस्थाले पर्बत देखि पोखरा महानगरपालिकामा आई बसोबास गर्नुहुने सम्पूर्ण देउपुरका दाजुभाइ तथा दिदीबहिनीलाई दरखाने तथा भेटघाटको लागि निम्ता दिएको सस्थाका अध्यक्ष तारा प्रसाद तिवारी ले बताउनु भयो।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...