नेपाली विद्यार्थी समाज (सोनसिक ), दक्षिण कोरियाको २२ औं कार्यसमिति (२०२५) निर्वाचित,अध्यक्षमा किरण सुवाल
सिवोल , दक्षिण कोरिया।
नेपाली विद्यार्थी समाज (सोनसिक ), दक्षिण कोरियाको २२ औं कार्यसमिति (२०२५) निर्वाचित भएको छ। कार्यसमितिको अध्यक्षमा किरण सुवाल चयन भएका छन्।
क्षेत्रिय उपसभापतिहरुमा राजन थापा, अंकित बेल्बासे, सोनाम शेर्पा र प्रवेश बनियाँ चयन भएका छन्। थापा (सउल ,गाङ्वन र ग्यंङ्गि क्षेत्र) , बेल्बासे (छुङबुक , छुङनाम क्षेत्र) क्षेत्र, शेर्पा (ग्याङसाङनाम,ग्यंङ्साङ्गबुक क्षेत्र) र बनियाँ (जल्लानाम, जल्लाबुक) क्षेत्र बाट उपसभापति चयन भएका हुन्।
कोषाध्यक्षमा शिवकुमार भण्डारी निर्वाचित बने भने सदस्यहरूमा अन्जली नेपाली, सेफिना ग्वाछा, तिलोक विश्वकर्मा, सुस्मा स्याङतान र प्रभा राउत चयन भएका हुन्। नयाँ नेतृत्वले विद्यार्थी हित र सांस्कृतिक कार्यक्रममा सक्रिय योगदान दिने प्रतिवद्धता व्यक्त गरे।
समाजको २२औं वार्षिक साधारण सभा १६ अगस्ट २०२५ मा योङ्ग्नाम विश्वविद्यालय, थेगुमा सम्पन्न भएको हो। नवनिर्वाचित सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमितिले आगामी वर्षभर संगठनलाई सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक ), एक गैर-नाफामूलक संस्था हो र कोरियामा रहेका नेपाली विद्यार्थी तथा बौद्धिक समुदायको एकमात्र दर्ता भएको विद्यार्थीहरुको छाता संगठन हो। संस्था सन् २००४ मा स्थापना भएको र २०१५ मा कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रूपमा दर्ता गरिएको हो। यसको मुख्य उद्देश्य कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको नियमित तथा विस्तारित आदानप्रदानमार्फत शैक्षिक, पेशागत र अन्य साझा हितहरूको प्रवर्द्धन गर्नु हो।
साधारण सभामा उपस्थित सदस्यहरूलाई स्वागत गर्दै, वर्तमान कार्यसमितिका पदाधिकारीहरूले विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गरे। नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूले संगठनको उद्देश्य, लक्ष्य, र उत्तरदायित्वलाई आत्मसात गर्दै, नेपालका विद्यार्थीहरूको शैक्षिक, सामाजिक, र सांस्कृतिक हितको क्षेत्रमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक ) दशकौ देखि नेपाली विद्यार्थीहरुको अभिबावक बनेर काम गरि राखेको र बिद्यार्थीहरुलाई ठग्ने सस्था हरुको ठाउको दुखाई को सस्था बनि आवाज बिहिनहरुको आवज बन्ने एक उदाहरनिय सस्था को रुपमा परिचित छ।
नेपालि राजदुताबास सिवोल होस् या नेपालिहरुको गैर आवासीय संघ दक्षिण कोरिया होस अथवा नेपालको शिक्षा मन्त्रालय होस् यस सस्थाले सहजीकरण गर्ने तथा सुझाब सल्लाह र यथार्थ परक बिद्यार्थीहरुको अवस्था र यावत कुराको जानकारी दिने गरको छ।
बिपतमा परेका बिद्यार्थीहरुलाई उद्दार गर्ने होश या बिभिन्न निकायहरु संग कुरा गरेर छात्रा बृती उपलब्ध गराउने काम होस यो सस्थाले अग्रणी भूमिका निर्बाह गरेको कुरा पूर्व गैर आवासीय संघ दक्षिण कोरियाका सस्थापक सदस्य रुद्र शर्माले बताउनु भयो।
कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष बिष्णु खड्काले भने बिगत देखि नै अनगिन्ति उल्लेख्य काम गरेको सु परिचित यो सस्थाको सबै कार्यसमिति लाई बधाई दिदै सम्पूर्णको सफल कार्यकालको धन्यवाद ब्यक्त गरे। उनले थप्दै भने यो सस्थाले एक असल पहरेदार तथा नेपालि समुदायको कोरियाको सबल सस्था बन्दै जावोस र कोरिया शैक्षिक परामर्श संघ नेपाल यो सस्थाको असल मित्रको रुपमा रहिरहने कुरा बताए।

ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




