मङ्लबार, भदौ ३, २०८२
English
Follow us:

भदौ ५ मा प्रतिवेदन पास गर्नेगरी शिक्षा समितिमा बुझाइयो प्रतिवेदन

भदौ ५ मा प्रतिवेदन पास गर्नेगरी शिक्षा समितिमा बुझाइयो प्रतिवेदन

  • खबर सेवा

  • सोमवार, भदौ २, २०८२

  • 32
    SHARES
भदौ ५ मा प्रतिवेदन पास गर्नेगरी शिक्षा समितिमा बुझाइयो प्रतिवेदन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई २ दिनको समय दिइएको छ।

समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गर्दै २ दिन अध्ययनको लागि समय दिइएको हो।

विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ।

सांसदहरुले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तिमा पनि १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेको छैन।

विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology