कति छ आज विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आाज घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा थियो। यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा थियो। अस्ट्रेलियन डलरको मूल्य विगत पाँच दिनदेखि लगातार घट्दै आएको छ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
कति छ विदेशी मुद्राको विनिमयदर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...




