मुख्य समाचार

भूमि विधेयकविरुद्ध सडकमा उत्रदै जसपा नेपाल

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ। महासचिव लालबाबु राउतले पार्टी पंक्तिमा पत्र पठाउँदै भदौ ९ गतेदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्देशन गरेका हुन्।

भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने रहेको जसपाको निष्कर्ष छ।

वन जङ्गल विनाश भई तराईरमधेश मरुभूमिकरण हुने गरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकको जसपा नेपाल सुरु देखिनै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको उल्लेख छ।

पत्रमा भनिएको छ, ‘सरकारले राष्ट्रियता विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराईरमधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जङ्गल र भूमिको रक्षा गर्न भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिनेछ।’

९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन गर्न गर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...