कहाँ कहाँ पर्छ पानी, हेर्नुहोस्
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज सोमबार दिउँसो र रातिको सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।
आज राती देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
ताजा अपडेट
-
१.
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
-
२.
ओली-लेखकको थप २ दिन हिरासतमा रहने
-
३.
पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने
-
४.
वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने
-
५.
ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...
पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा चलेको मुद्दाको प्रतिनिधिका रूपमा ‘वारिस’ राख्ने...
सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...
उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक...




