भारत–चीन व्यापार सम्झौताको विरोधमा प्रदर्शन गर्दै नेविसंघ, आज माइतीघरमा विरोधसभा
काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौतामा नेपालमा तीब्र विरोध भएको छ।
विभिन्न सामाजिक संस्था र राजनीतिक दलहरूले सम्झौताको विरोध गरिरहेका छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिले हालै सार्वजनिक भएको भारत–चीन व्यापार सम्झौताको कडा विरोध गर्दै विरोध सभाको आयोजना गरेको छ।
संघका अनुसार यो सम्झौता नेपालको सार्वभौमसत्ता र भू–अखंडतामा आघात पुर्याउने खालको रहेकोले तत्काल खारेजीको माग गरिएको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार आज अपराह्न ३ बजे काठमाडौँको माइतीघरमा विरोधसभा आयोजना गरिएको छ। यसपछि अन्य चरणबद्ध आन्दोलन गरिने सेजुवालको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




