मङ्लबार, भदौ १०, २०८२
English
Follow us:

पाल्पामा स्क्रबटाइफसले बालिकाको मृत्यु

पाल्पामा स्क्रबटाइफसले बालिकाको मृत्यु

  • खबर सेवा

  • मङ्लबार, भदौ १०, २०८२

  • 28
    SHARES
पाल्पामा स्क्रबटाइफसले बालिकाको मृत्यु

पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटौमै मृत्यु भएको हो ।

ज्वरो आउने र टाउको दुख्ने जस्ता समस्या देखापरेपछि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बालिकाको मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रब टाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो ।

स्क्रबटाइफसको संक्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण हुने र भित्री अंगले काम गर्न छाडेर ज्यान जाने उनको भनाइ छ ।

यो वर्ष मात्रै पाल्पा जिल्लामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा २०८१ सालमा २२५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology