मुख्य समाचार

पाल्पामा स्क्रबटाइफसले बालिकाको मृत्यु

पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटौमै मृत्यु भएको हो ।

ज्वरो आउने र टाउको दुख्ने जस्ता समस्या देखापरेपछि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बालिकाको मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रब टाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो ।

स्क्रबटाइफसको संक्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण हुने र भित्री अंगले काम गर्न छाडेर ज्यान जाने उनको भनाइ छ ।

यो वर्ष मात्रै पाल्पा जिल्लामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा २०८१ सालमा २२५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...