मङ्लबार, भदौ १०, २०८२
English
Follow us:

सिन्धुपाल्चोकमा जिप दुर्घटना ; दुर्घटनामा २ जना बेपत्ता

सिन्धुपाल्चोकमा जिप दुर्घटना ; दुर्घटनामा २ जना बेपत्ता

  • खबर सेवा

  • मङ्लबार, भदौ १०, २०८२

  • 23
    SHARES
सिन्धुपाल्चोकमा जिप दुर्घटना ; दुर्घटनामा २ जना बेपत्ता

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ हिन्दीस्थितमा बोलेरो जिप दुर्घटना भएको छ।

शनिवार दिउँसो तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा २ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा बोलेरो चालक सर्लाहीको बरथहवा नगरपालिका २ का राजेश कुमार कुसहवा र रौतहटको बौधिमाई नगरपालिका १ का २५ वर्षीय रामप्रवेश महतो रहेका छन्।

दुर्घटनातत्कालै प्रहरी चौकी हिन्दीबाट प्रहरी निरीक्षक नवराज नेपालको कमान्डमा २ जना र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको कमान्डमा २ जना गरी ४ जना प्रहरीको टोली परिचालन गरिएको छ।

स्थानीय र सुरक्षाकर्मीले गाडी तान्ने क्रममा एक जनाको शव नदीले बगाएको थियो। अहिले दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology