बुधबार, भदौ ११, २०८२
English
Follow us:

शिक्षा विधेयकको विरुद्धमा फेरि महासंघ, कांग्रेसको कार्यालयमा दियो धर्ना

शिक्षा विधेयकको विरुद्धमा फेरि महासंघ, कांग्रेसको कार्यालयमा दियो धर्ना

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 6
    SHARES
शिक्षा विधेयकको विरुद्धमा फेरि महासंघ, कांग्रेसको कार्यालयमा दियो धर्ना

काठमाडौँ। प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ।

महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत बुधबार कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएको हो।

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका माग सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ। ‘९ गतेदेखि ध्यानाकर्षण बुझाउन थालेका हौं, आजदेखि धर्ना कार्यक्रम सुरु भएको छ,’ सुवेदीले भने, ‘यो विदाको दिनबाहेक २० गतेसम्म जारी रहन्छ। देशभरका गाउँपालिका तथा नगरपालिकामा यही भदौ १३ गते धर्ना हुँदैछ। १५ गते जिल्लाको समन्व इकाईमा धर्ना दिने कार्यक्रम छ। २० गतेसम्म हामी आन्दोलन र राजनीतिक दलहरुसँग छलफल गर्छौं।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology