प्रमुख खवर

महोत्तरीको बर्दिवासबाट बिलविजक नभएको ४६ लाख ५० हजारको सन्चार सामाग्री बरामद

काठमाडौँ। महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोला स्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले भाद्र ९ गते ४६ लाख ५० हजार रुपैयाँ बराबरको सन्चार सामाग्री बरामद गरेको छ ।

मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरकोे ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजक समेत नभएको संचार उपकरण Ericsson कम्पनीको 8863 B40 मोडलको आठ वटा Radio सेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उल्लेखित मुल्य बराबरको संचार सामाग्री बरामद गरेको हो । दुरसंचारको टावरमा प्रयोग हुने यि उपकरण कस्ले कुन प्रयोजनको लागि ल्याईएको हो खुलेको छैन ।

बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको डीएसपी एवं सह  शैलेन्द्र थापा
सह प्रबक्ताले बताए।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...