शिक्षा

केक्यानले पहिलो पटक आयोजना गर्दैछ नि:शुल्क `कोरियन एजुकेसन फेयर´

काठमाडौँ। कोरिया शैक्षिक परामर्श नेपाल ( केक्यान)ले इतिहासमै पहिलो पटक `कोरियन एजुकेसन फेयर´ आयोजना गर्दैछ। कोरियामा अध्ययन गर्न चाहने तर अध्ययनको प्रक्रियाबारे जानकार नभएका विद्यार्थीलाई केक्यानले निशुल्क परामर्श दिने भएको हो।

कार्यक्रम आगामी सेक्टेम्बर ६ अर्थात भदाै २१ का दिन नयाँ बानेश्वरको `द एभरेस्ट होटल´ मा हुने छ। कार्यक्रमको सहजीकरण लामो समयमा विदेशमा अध्ययन गराएका एवं अनुभवी प्रशिक्षकबाट हुने केक्यानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।

परामर्श कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ। कार्यक्रममा कोरियामा अध्ययन गर्न पूरा गर्नुपर्ने प्रक्रिया, फ्रि परामर्श र भीषा प्रक्रिया साथै प्रविधि, पाठ्यक्रम, डिजाइनका बारेमा पनि जानकारी दिइनेछ। परामर्श तालिम लिनेका लागि आकर्षक गिफ्ट साथै फिल्म टिकटको समेत व्यवस्था रहेको अध्यक्ष खड्काले जानकारी दिए।

तालिममा २३ वटा स्टल रहनेछन् भने जतिसुकै संख्यामा विद्यार्थीले निशुल्क सहभागिता जनाउन पाउनेछन्। खड्काका अनुसार सहभागिताका लागि विद्यार्थीले फारम भर्नुपर्ने हुन्छ। तर सोही फारम भरेर तालिममा प्रवेश गर्न समेत सकिनेछ।

के हो केक्यान?

कोरिया शैक्षिक परामर्श संघ नेपाल २०७७ साल फागुन २६ गतेका दिन गणेश शर्माको अध्यक्षतामा स्थापना भएको सामाजिक सस्था हो।

विशेषगरी कोरियामा उच्च शिक्षा अद्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदाता सस्थाहरुको छाता संगठन हो कोरिया शैक्षिक परामर्श संघ नेपाल। यो संघले बिभिन्न सरोकारवाला निकायहरु संग मिलेर थुप्रै सिर्जनशील कार्यहरु गर्दै आइरहेको छ। अध्यक्ष खड्काका अनुसार हाल केक्यानमा ५० कन्सलटेन्सी सहभागी छन्।

संस्थाले विद्यार्थी र अभिभावकका समस्या दिनहु सुन्ने र समाधानको पहल गर्ने गरि रहेको छ। विभिन्न समयमा विचार गोष्ठी, सुचना आदान प्रदान गर्ने कार्यक्रम गरि राखेको छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...