सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल
गण्डकी : पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो ।
पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो ।
एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’ प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ ।

पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो ।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




