कैलालीमा चरेश र खैरो हिरोइनसहित पाँच जना नियन्त्रणमा
कैलाली । कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीका साथै प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।
डोटीको शिखर नगरपालिका ८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका १ बस्ने ३५ वर्षीय वीरबहादुर रावलले चलाएको सु।प।प्र।०४००१ प ०६६५ नं। को मोटरसाइकल जाँच गर्दा २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
यस्तै, कैलाली चुरे गाउँपालिका ३ का ३२ वर्षीय मोहन मल्ललाई ५९० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले मोबाइलको खोलभित्र हिरोइन लुकाएका थिए ।
बझाङ बुङ्गल नगरपालिका ८ घर भई धनगढी उप महानगरपालिका २ मा जयराम होटल एण्ड लज रेष्टुरेन्ट चलाएका ३२ वर्षीय राम बोहराको होटलमा छापा हान्दा पाँच किलो ६९० ग्राम चरेश फेला परेको थियो । चरेशसहित बोहरालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै, धनगढी उप महानगरपालिका १२ बस्ने २३ वर्षीय विजय बिकले चलाएको सु।प।प्र।०१०१३ प २३४५ नं। को मोटरसाइकल जाँच गर्दा ७४० मिलिग्राम फेला परेको छ । विजयसहित उनको मोटरसाइकलमा सवारी २२ वर्षीय प्रदीप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...
सेयर बजारमा हरियाली
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...




